थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७८ जेठ ७ गते १९:२७

काठमाण्डाैं, रासस ।

थप आठ हजार ६०७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।

थप २३ हजार २२६ जनाको पिसिआर परीक्षण तथा ८७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट आठ हजार ४०७ तथा एन्टिजेनबाट २०० जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २८ लाख ७८ हजार १४६ पुगेको छ । हाल ९१२ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Advertisement

हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार ८९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार १९२ सक्रिय सङ्क्रमित छन् ।

काठमाडौँ उपत्यकामा दुई हजार ४४७ सङ्क्रमित थपिए काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ४४७ सङ्क्रमित थपिएका छन् । ती काठमाडौँमा एक हजार ७५२, ललितपुरमा ४०० तथा भक्तपुरमा २९५ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्य २२ हजार १९३ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५० हजार १९३ निको भएका छन् भने एक हजार ३६७ सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा हाल ६ हजार ८५६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २२ हजार ४३६ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३६३ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चा हजार ८६४ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या १२ हजार ६७८ रहेको छ भने २७१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया