संसद विघटनविरुद्ध विपक्षी गठबन्धन आज अदालत जाँदै

समाधान संवाददाता २०७८ जेठ १० गते ९:०३

काठमाडौं

प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।

Advertisement

शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो ।

सोही निर्णय अनुसार आइतबार उनीहरुले हस्ताक्षर गरेर रिट तयारको प्रक्रिय सुरु गरे पनि अदालत जान समय अभाव भएको भन्दै आज जाने भएका हुन् ।

Advertisement

विपक्षी गठबन्धन शारीरिक रुपमा बहुमत सदस्यसहित अदालत जाने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया