सांसद थापाकाे पद कायमै, पृथ्वीसुब्बालाई विश्वासकाे मत दिए मात्रै हटाइने

समाधान संवाददाता, पाेखरा ।
राष्ट्रिय जनमाेर्चाकाे साधाररण सदस्यबाट समेत निस्काशित गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापाकाे सांसद पद भने कायमै छ ।
नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनका लागि हस्ताक्षर नगरेका थापालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी १ बर्षका लागि निस्कासन गरिसकेकेा छ ।
जनमाेर्चाका महामन्त्री मनाेज भट्टले केन्द्रीय सदस्य समेत रहेका सांसद थापालाई पार्टी निर्देशन नमानेकै कारण निस्काशन गरेकाे बताउदै फेरि पनि पार्टी निर्णय नमानेमा सांसदबाट समेत हटाउने बताए ।
प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सांसदहरुलाई निर्देशन दिने निर्णय शनिबारको पार्टी बैठकले गरेको भट्टले समाधानसँग बताए । याे निर्णय पनि नमानेमा सांसदबाट हटाउन सक्ने उनले जानकारी दिए ।
३ सांसद रहेको जनमोर्चा गण्डकी प्रदेशमा सरकार निर्माणमा निर्णायक छ । ती सांसद एमाले वा कांग्रेससहितको गठबन्धन जुन पक्षमा हुन्छन् उसैको सरकार बन्न सक्छ । ६० सदस्यीय प्रदेश सभामा एमालेमा २८, कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया