मुस्ताङका कोभिड अस्पतालमा जनशक्ति अभाव

समाधान संवाददाता २०७८ जेठ १० गते २०:१७

सुन्दरकुमार थकाली/जोमसोम

हिमाली जिल्ला मुस्ताङका स्थानीय तहमा संञ्चालित ५ शैयाको कोभिड अस्पतालमा स्वास्थ्य जनशक्ति अभाव रहेको पाईएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको बजेट मार्फत संञ्चालनमा आएको कोभिड अस्पतालमा तोकिएको मापदण्ड अनुसार जनशक्ति अभाव भएको संम्वन्धित स्थानीय तहले बताएका छन् ।

सरकारले दुर्गम भेकका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले संञ्चालनमा ल्याईएको कोभिड अस्पतालमा स्थानीय तहले पटकपटक जनशक्ति माग गरिएपनि भौगोलिक कठिनाईका कारण जनशक्ति पदपूर्ती हुन नसकेको हो।

Advertisement

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ५ शैयाको कोभिड अस्पताल संञ्चालन गर्न १० लाख रुपैया निकासा गरेको थियो ।

कोरोना माहामारीको अवस्थामा दुर्गम भेकका स्थानीयलाई स्वास्थ्य पहुँच सवलीकरण गर्ने उद्देश्यले सरकारले कोभिड अस्पताल व्यवस्थापन,स्वास्थ्य सामाग्री र औषधि खरिदका लागि ५ लाख ५० हजार र जनशक्ति व्यवस्थापनका लागि ४ लाख ५० हजार गरी १० लाख बजेट निकासा गरेको थियो ।

Advertisement

मुस्ताङका ४ वटा स्थानीय तहले कोभिड अस्पताल संञ्चालनको अनुमती पाएपनि आवश्यक पूर्वाधार व्यवस्थापन बाहेक जनशक्ति व्यवस्थापन गर्न सकेका छैनन् ।


कोभिड अस्पताल संञ्चालन कार्यविधिले तोके बमोजिम चाहिने १ जना मेडिकल अफिसर,२ जना स्टाप नर्स ,२ जना ल्याव असिस्टेन र १ जना कार्यालय सहयोगी आवश्यक पर्ने भएपनि अझै जनशक्ति व्यवस्थापन हुन नसकेको लोमान्थाङका स्वास्थ्य संयोजक तेन्जिङ नर्वु गुरुङले जानकारी दिए ।उनले लोमान्थाङमा जनशक्तिका लागि सूचना प्रकाशित गरेपनि कोही पनि व्यक्ति संम्पर्कमा नआएको बताए । उनका अनुसार लोमान्थाङमा गापा भित्रका साविक स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले कोभिड अस्पतालको जेनतेन व्यवस्थापन गरेको जनाए ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको कोभिड अस्पतालमा पनि एमबिएस मेडिकल अफिसर र ल्याव असिस्टेन अभाव रहेको छ ।त्यहाको कोभिड अस्पतालमा २ जना स्टाप नर्स र कार्यालय सहयोगी मात्र छन् ।

तर ,लोमान्थाङ जस्र्तै वारागुङ मुक्तिक्षेत्रमा पनि कोभिड अस्पतालका चाहिने जनशक्ति व्यवस्थापन हुन नसकेको स्वास्थ्य संयोजक खगेन्द्र बोहराले बताए ।उनले कोभिड अस्पतालका लागि जनशक्ति नहुदा गापा अन्र्तगतका स्वास्थ्यकर्मीले कोभिडका बिरामीको उपचारमा सहयोग पू¥याउने बाध्यता रहेको उल्लेख गरे ।

यस्तै मुस्ताङको थासाङ गापाको कोभिड अस्पतालमा पनि मेडिकल अफिसरर ल्याब असिस्टेनको अभाव छ ।त्यहा २ जना स्टाप नर्स र कार्यालय सहयोगी व्यवस्थापन गरिएपनि अन्य जनशक्ति उपलब्ध हुन नसकेको स्वास्थ्य संयोजक सिताराम कार्कीले जानकारी दिए । उनका अनुसार थासाङको कोभिड अस्पतालमा लेते प्राथमिक स्वास्थ्यकेन्द्रमा कार्यरत मेडिकल अफिसर र ल्याबका असिस्टेनलेनै कोभिड अस्पतालको व्यवस्थापन गरेको स्वास्थ्य संयोजक कार्कीले बताए। कोरोनाको दोश्रो भेरियन्ट समुदाय स्तरमा देखा परेसंगै कोभिड अस्पतालको अनुमती पाएका स्थानीय तहले आवश्यक पूर्वाधार तथा स्वास्थ्य सामाग्री तथा उपकरण खरिद गरिसकेको पाईएको छ ।तर ,कोभिड अस्पतालका लागि आवश्यक जनशक्ति रिक्त हुदा कोभिड परीक्षण तथा उपचार पद्धतीमा असहज भएको जनाईएको छ ।


लोमान्थाङ गापाले उत्तरी सीमावर्ती गाउ छोसेरमा ,लोघेकर दामोदरकुण्डले चराङमा वारागुङ मुक्तिक्षेत्रले कागबेनीमा र थासाङ गापाले लेते कालोपानीमा ५ शैयाको कोभिड अस्पताल संञ्चालनमा ल्याएका हुन् । सूचना प्रकाशित गर्दा समेत जनशक्ति व्यवस्थापन नहुदा काभिड अस्पतालका लागि छुट्याएको ५० प्रतिशत बजेट फ्रिज हुने देखिएको छ ।
कोभिड अस्पतालमा अक्सिजनको अभावः
हिमाली जिल्ला मुस्ताङका स्थानीय तहमा रहेका कोभिड अस्पतालमा अक्सिजनको अभाव देखिएको छ ।स्थानीय तह , केही संघसंस्थाले उपलब्ध गराएको अक्सिजन पर्याप्त हुन नसकेको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहराले जानकारी दिए । कोरोना हट स्पट बनेको वारागुङ मुक्तिक्षेत्रमा दिनहु कोभिडका बिरामी बढ्दै गईरहेकाले व्यवस्थापनका साथै अक्सिजनको समेत अभाव भएको उनले बताए ।

वारागुङ मुक्तिक्षेत्रको कोभिड अस्पतालमा ४७ लिटरको २ थान र ८ लिटरको ५ थान अस्सिजन मौजाद छ भने ३ थान अक्सिजन कल्सन्टेसन उपलब्ध रहेको जनाए । लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा पनि सीमित मात्रमा अस्सिजन सिलिण्डर रहेको र केही थान अक्सिजन कल्सन्टेसन रहेको छ । यस्तै थासाङ गाउपालिकाको कोभिड अस्पतालमा ४० लिटरको १५ थान र १५ लिटरको ७ थान अक्सिजन मौजाद छ भने ४ थान अक्सिजन कल्सन्टेसन छ ।कोभिड अस्पताल संञ्चालनमा आएका स्थानीय तहले कोभिडका बिरामीको संख्या वृद्धि भएमा अक्सिजनको अभाव हुने उल्लेख गरेका छन् ।

मुस्ताङ अस्पतालमा मिनि अक्सिजन प्लान संञ्चालनमा आएपनि खाली अक्सिजन सिलिण्डर भर्ने व्यवस्था हुन नसक्दा तत्कालै अक्सिजन संञ्चय गर्न अप्ठ्यारो पर्ने देखिएको हो ।
कोरोनाको दोश्रो भेरियन्टसंगै हिमाली जिल्ला मुस्ताङमा झन्डै २ सयको हाराहारीको कोभिड संक्रमित देखिएको र त्यस मध्ये चौथाई निको भइसकेका छन् ।

मुस्ताङबाट गम्भिर प्रकृतिका कोभिडका १ दर्जन बिरामी हेलि मार्फत पोखरा उपचारका लागि गएका छन् । मुस्ताङमा कोरोनाका कारण ५ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये घरपझोङमा २ जना ,वारागुङ मुक्तिक्षेत्रमा २ जना र थासाङ गापामा १ जनाको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
फोटो क्याप्सन ः
लोमान्थाङ गापाको उत्तरी कोरलानाको छोसेरमा अवस्थित ५ शैयाको कोभिड अस्पताल । तस्विर ःतेन्जिङ नर्वु गुरुङ ।

तपाईको प्रतिक्रिया