वैकल्पिक विधिबाट परीक्षा लिन त्रिविको आग्रह

काठमाडौँ – त्रिभूवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण रोकिएका वा हुन नसकेका परीक्षाहरु वैकल्पिक विधिबाट लिन सम्बन्धित सबैमा आग्रह गरेको छ।
विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा। धर्मकान्त वास्कोटाले सोमबार विज्ञप्ति निकालेर कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिवेशमा शैक्षिक गतिविधिमा असर नपार्नका लागि वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन अनुरोध गरेका हुन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘यस विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधि मार्फत सुचारु भएका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न तथा रोकिएका परीक्षाहरु पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई आग्रह गर्दछु।’







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया