रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गर्न माग

समाधान संवाददाता २०७५ फागुन १९ गते ८:३०

समाधान

पोखरा पर्यटन परिषदले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई रवीन्द्र अधिकारीको नामबाट राख्न अनुरोध गरेको छ । परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलद्वारा जारी विज्ञप्तिमा पोखराको धरोहर स्वर्गीय रवीन्द्र अधिकारीको सम्मान र देशले गुमाएको पीडालाई भुल्न सघाउ पुग्ने भन्दै अन्तर्राष्ट्रिय विमानस्थल नामकरण गर्न नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकासँग अनुरोध गरिएको छ ।

पर्यटन क्षेत्रमा अलुलनीय योगदान दिएका मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को घोषणा, आन्तरिक विमानस्थलको स्तरोन्नति गर्दै मन्त्रालयमार्फत अगुवा भूमिका निभाएका विकास प्रेमी नेताको निधनमा सिंगो देश शोकमग्न बनेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

‘पर्यटन क्षेत्रसँग नजिकबाट खेल्दै आएका पर्यटन मन्त्री अधिकारी सहित ताप्लेजुङको सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाप्रति समवेदना व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्य गर्ने शक्ति प्राप्त गर्न सकोस्,’ विज्ञप्तिमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको निधनले नेपालको पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच पोखरेली पर्यटन व्यवसायीले मन्त्री अधिकारीको स्मृतिमा शनिबार साँझ पोखराको सहिदचोकमा मैनबत्ती प्रज्ज्वलन गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया