बुद्धबाट त्याग र तपस्या सिकौं : मुख्यमन्त्री

समाधान संवाददाता
पोखरा, १२ जेठ
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २५६५ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै विश्व नै कोभिड १९ को महामारीले आक्रान्त बनेको यो घडीमा बुद्धले देखाएको मानव कल्याणको मार्ग झन् सान्दर्भिक भएको बताएका छन् ।
‘महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाउनु भएको बाटो अझ धेरै व्यवहारमा आत्मसात गरेर अघि बढ्नुपर्ने आवश्यकता म देख्दछु,’ सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, ‘नेपाल राजनीतिक उथलपुथलमा रुमलिन जाँदा जनअपेक्षा पूरा गर्न बाधा र व्यवधान आइपरेका छन् । यस सन्दर्भमा पनि बुद्धले व्यवहारमा प्रदर्शन गरेको त्याग र तपस्याको बाटो अझै बढी सान्दर्भिक हुन पुगेको छ ।’
मुख्यमन्त्री गुरुङले प्रेरणा पुञ्ज बुद्धका उपदेश र व्यवहारपरक मार्ग निर्देशनलाई पालना गरेर अघि बढ्न सके आजका सम्पूर्ण दुख निवारण हुने विश्वास व्यक्त गरेका छन् । ‘संसारमा दुख छ र दुखको निवारण पनि छ भन्ने बुद्ध निर्देशलाई हामी सबैले आजको दिनमा आत्मसात गर्न सक्यौं भने हाम्रा दैनन्दिनका कठिनाइबाट मुक्ति पक्कै पनि सम्भव छ,’ सन्देमा गुरुङले भनेका छन्, ‘बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीलाई बुद्धका मार्गदर्शनबाट प्रेरणा प्राप्त भई सकारात्मक उपलब्ध हाँसिल हुन सकून् भन्ने शुभकामना प्रकट गर्दछु ।’










कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया