पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन
समाधान संवाददाता
२०७५ फागुन १९ गते ८:३६

समाधान
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ३ साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिबार राति ९ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि शनिबार नै अस्पतालमा पत्रकार सम्मेलन गरेर अधिकारी जीवित रहेको तर बचाउन सकिने सम्भावना निकै न्यून रहेको जानकारी गराएको थियो । पूर्वउपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो ।
नेपाल कम्युनिस्ट पाटी (नेकपा) का नेता अधिकारी मुलुकमा कुशल अर्थमन्त्रीका रुपमा चिनिन्छन् । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए ।
सम्बन्धित









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया