खसी काट्ने हतियारले छोराको हत्या
समाधान संवाददाता
२०७८ जेठ १३ गते १६:४५

राझाँ, रासस ।
बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्
कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८÷१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार वलीले नुहाउदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
छोरामाथि हतियार प्रहार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताउनुुभयो ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया