जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो, सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा

समाधान संवाददाता २०७८ जेठ १५ गते १६:४७

सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर ४ हजार पुर्याइएको हो। अहिले भत्ता २ हजार रुपैयाँ थियो ।

सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन् ।

Advertisement

उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया