शैक्षिक प्रमाणपत्र धितो राख्नुस्, २५ लाखसम्म सहुलियत ऋण लिनुस्

समाधान संवाददाता २०७८ जेठ १५ गते १६:५६

१५ जेठ, काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए । शैक्षिक प्रमाणपत्र राखेर यसअघि पनि ऋण लिन सकिने व्यवस्था बजेटले गरेको थियो तर कमले यो सुविधामा सहभागी भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया