बेलायतका प्रधानमन्त्री जोन्सनले गरे तेश्राे विवाह, दुलही २३ वर्ष कान्छी

समाधान संवाददाता २०७८ जेठ १६ गते १५:३५

लण्डन, १६ जेठ (रासस-एएनआई)

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गर्नु भएको छ । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उहाँले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गर्नु भएको हो ।

उहाँहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिनु भएको जनाइएको छ । उहाँहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गर्नु भएको हो । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।

Advertisement

बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् ।

बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो । उहाँहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो ।

Advertisement

प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्षको हुनुभएको छ भने उहाँकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।

तपाईको प्रतिक्रिया