पोखरा ८ मा युनिटी क्लब, अध्यक्षमा सुनील

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका ८ का युवाहरु संगठित भएका छन् ।
सँगै काम गरौँ भन्ने मूल नाराका साथ युनिटी युवा क्लब स्थापना गरेर सो वडाका युवा संगठित भएका हुन् ।
खेलकुद, शिक्षा, स्वास्थ्य र बालबालिकाको उन्नतिका लागि पहल गर्ने उद्देश्यसहित ११ जनाको कार्य समिति गठन गरिएको छ ।
क्लबको अध्यक्षमा सुनील खड्का, प्रथम उपाध्यक्षमा ईस्वर पहारी र द्वितीय उपाध्यक्षमा आशिष बराल चयन भएका छन ।
त्यस्तै किरण भण्डारी, सन्दिप भुसाल र पृतम गुरुङ क्रमशः सचिव, सहसचिव र कोषाध्यक्षमा दीपा राई चयन भएकी छन् ।
सदस्यमा विशाल गुरुङ, सुवास सापकोटा, पूर्ण नेपाली, र सबिना परियार छन् ।
क्लबको संरक्षकमा वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल रहेका छन् । सल्लाहकार समितिमा तेजनारायण अधिकारी, राजकुमार गिरी, महेन्द्र गुरुङ, डिल्लीराम सुवेदी, पर्शुराम बराल, बिमला भण्डारी र बद्री हमाल रहेको उपाध्यक्ष पहारीले जानकारी दिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया