पियारीलाई संसदीय नेताको अख्तियारी
समाधान संवाददाता
२०७८ जेठ १७ गते १७:३१

समाधान संवाददाता, पोखरा
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको संसदीय दलका नेता कृष्ण थापाको जिम्मेवारी खोसिएको छ । प्रत्यक्ष निर्वाचित सांसद थापालाई हटाएर पार्टीले समानुपातिक सांसद पियारी थापालाई संसदीय दलको नेताको हैसियत दिएको छ ।
अर्का सांसद खिमविक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले कृष्णलाई हटाएर पियारीलाई संसदीय दल नेताको अख्तियारी सुम्पिएको हो । पार्टीको उक्त जानकारी प्रदेश सभालाई गराएपछि प्रदेश सभाले त्यस सम्बन्धी सूचना सोमबार टाँसेको छ । सूचनामा मिति भने हिजो आइतबारको उल्लेख छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा लागेर कांग्रेस नेतृत्वको सरकार बनाउन सहयोग नगरेको भन्दै जनमोर्चाले आफ्ना सांसद कृष्ण थापाको जिम्मेवारी हेरफेर गरेको हो ।
सम्बन्धित








पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया