फेवातालमा १९ वर्षीया दिव्याकाे शव
समाधान संवाददाता
२०७५ फागुन १९ गते १४:०८

रासस, पोखरा
पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराउनुभएको छ ।
नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ ।
लेकसाइड गाैरीघाटबाट तालमा हामफालेकाे अनुमान गरिएकाे छ । गाैरीघाट छेउमा अधिकारीकाे झाेला र झाेलाकाे साथमा अाफन्तकाे फाेन नम्बरसमेत छाडेकाे पाइएकाे छ । प्रहरीकाे प्रारम्भिक अांकलनमा अधिकारीले अात्महत्या गरेका पाइएकाे छ ।
उनकाे शव केदारेश्वर मन्दिरमुनि ताल किनारमा भेटिएकाे थियाे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया