कृष्ण थापा भन्छन्ः संसदीय मर्यादा विपरीत पियारी दलको नेता
समाधान संवाददाता
२०७८ जेठ १८ गते ९:०१

समाधान संवाददाता, पोखरा
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाले दलकी अर्की सांसद पियारी थापालाई दलको नेता बनाइएकोमा आपत्ति जनाएका छन् । पार्टीले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएर पियारी थापालाई दलको नेता चयन गरेको थियो ।
यसबारे समाधान राष्ट्रिय दैनिकले खबर प्रकाशन गरेको थियो । समाधानको समाचारमा कमेन्ट गर्दै सांसद थापाले आपत्ति जनाएका छन् ।
उनले भनेका छन्, ‘संसदीय अभ्यासमा दुनियाँमा एउटै दलको एक व्यक्तिलाई दुई पद भएको अभ्यास संसदीय मर्यादा विपरित छ। प्रमुख सचेतक पद पनि लिएको भा ३ पद नै हजुरका हुन्थे माननीय ज्यु। कतै घुस पेठियाको षडयन्त्र नहोस।’
सम्बन्धित
तपाईको प्रतिक्रिया