बाघको आक्रमणमा एकको मृत्यु
समाधान संवाददाता
२०७८ जेठ १८ गते १२:१२

बर्दिया – बर्दियामा पाटेबाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट ज्यान गएको हो ।
बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।
खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया