‘चुरे दोहन हुन नदिन सरकार सचेत छ’
समाधान संवाददाता
२०७८ जेठ १९ गते १७:०४

काठमाडौं । बजेटमा गिटी, बालुवा निकासी गरेर व्यापार न्यूनीकरण गर्ने सरकारको घोषणाको चर्को विरोध भएपछि अर्थ मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै चुरे संरक्षणमा सरकार सचेत रहेको बताएको छ।
बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पार्न नदिन सरकार सचेत रहेको बताएका हुन्।
‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षण नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छ।’
प्रवक्ता आचार्यले चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्रीको दोहन हुन नदिने नीतिको मूल मर्म भएको उल्लेख गरेका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया