पर्यटकले गुल्जार हुने मुस्ताड कोरोनाले सुनसान

समाधान संवाददाता २०७८ जेठ १९ गते १९:१५

सुन्दर थकाली \जोमसोम

गण्डकी प्रदेशकै पर्यटन प्रर्वद्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मुस्ताडको पर्यटनक्षेत्र कोरोनाका कारण सूस्ताएको छ । बशन्तऋतुको आगमनसंगै पर्यटकीय गुल्जार हुने मुस्ताडमा कोरोना कहरले पूनः सुनसान बनेको हो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रभावले गतवर्षको फागुन देखि धरासयी बनेको मुस्ताडको पर्यटनक्षेत्र कोरोना कहर मत्थर हुँदै जादा विस्तारै लयमा आईरहेको थियो ।

तर, फेरी कोरोनाको दोश्रो भेरियन्टको माहामारी सुरु भएसंगै बैशाख १० गते देखि पूनः मुस्ताडको पर्यटन सुस्ताएको हो । देशभरका मुख्य सहरमा कोरोना संक्रमित बढेसंगै बैशाख देखि लकडाउन सुरु भयो । देशभर कोरोना माहामारी बढेसंगै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताडले प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ र प्रशिद्ध पिण्डस्थल कागबेनीधाममा सर्वसाधारणका लागि बन्द गर्ने निर्णय गरिएको थियो ।

Advertisement

यस्तै ,मुस्ताडमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि मुस्ताड प्रशासनले बैशाख ३१ गते देखि निरन्तर निषेधआज्ञा लगाउदै आईरहेको छ । मुक्तिनाथ मन्दिरसहित पर्यटकीय स्थलमा हुने गतिविधिमा रोक लगाईएको र निषेधआज्ञा समेत जारी भैईरहेकाले पून ः बैशाख महिना देखि मुस्ताड सहर गुमनाम छ ।

बर्सेनि ६० हजार विदेश पर्यटक र करिव ३ लाखको संख्यामा आन्तरिक पर्यटकको उपस्थिती हुने हिमाली जिल्ला मुस्ताडमा पूनः कोरोनाको नयाँ भेरियन्टको प्रभावले मुस्ताड जिल्ला सुनसान भएको जोमसोम स्थित होटल ताजकी संञ्चालिका तृष्णा गौचनले बताईन् । बर्सेनि हिउदयामको जाडो मौसमपछि गुल्जार हुने मुस्ताडमा कोरोना कहरका कारण प्रतिकुल असर पू¥याएको उनले उल्लेख गरिन् ।

Advertisement

यसअघि कोरोनाको पहिलो लहरपछि आशा जगाएको मुस्ताडको पर्यटनक्षेत्रमा दोश्रो लहरले पर्यटनकर्मीलाई ठुलो क्षति पुगेको उनको भनाई छ ।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप¬¬ ¬) जोमसोमको वार्षिक तथ्याड्क अनुसार मुस्ताडमा बर्सेनि मार्च तारिख देखि जुलाईसम्म प्रत्येक महिना ७ हजार देखि १४ हजारसम्म विदेश पर्यटक आउने गथ्र्ये ।यस्तै ,चैते दशै औशी,चैते दशै,रामनवमी पर्व लगायतमा हजारौ आन्तरिक पर्यटक दर्शनका लागि मुस्ताड आउने गर्छन् ।

यसवर्ष रामनवमी पर्वसंगै मुस्ताडका धार्मिक स्थल कोरोना कहरका कारण बन्द भएका हुन् । कोरोनाको दोश्रो भेरियन्ट अघि पोखरा÷जोमसोम हवाई सेवा नियमित लयमा र्फिर्कएको थियो । जोमेसोम नागरिक उड््यन कार्यालयका प्रमुख दिपक विकले कोरोनाको दोश्रो भेरियन्ट अघिको दुई महिनामा दैनिक १० वटा उडानसम्म हुने गरेको थियो ।

कोरोना माहामारी विस्तारै लयमा र्फिर्कदा हवाई तथा धावनमार्ग हुँदै दिनहु संयौ पर्यटक मुस्ताड भित्रिएका थिए ।भारतीय पर्यटकको समेत फलो बढेको थियो । कोरोनाको पहिलो लहरले थलिएको मुस्ताडको पर्यटनमा केही आशा जगाएपनि कोरोनाको दोृश्रो लहरले पूनः यहाँका पर्यटन व्यवसायी थप पीडाँ थपिदिएको मुक्तिनाथ होटल ग्राण्ड साम्वलाका संञ्चालक सुरज गुरुडले बताए ।
बर्खायामको बशन्तऋतुसंगै अनुकुल खुल्ला मौसममा पनि कोरोना कहरले प्रदाडित बनाएको मुस्ताडको पर्यटनमा यहाँका व्यवसायी समेत कोरोना त्रासमा छन् । मुस्ताडको प्रमुख पर्यटकीय गन्तब्य मुक्तिनाथ ,कागबेनी ,जोमसोम र मार्फा लगायतका स्थानका पर्यटन व्यवसायीले स्वंम् होटल बन्द गरेर बस्नु पर्ने अवस्था रहेको पर्यटनकर्मी गुरुडले उल्लेख गरे ।

अहिले मुस्ताडका झन्डै ४ सय बढी होटल तथा रेष्टुरेन्टहरु बन्दाबन्दी अवस्थामा छन् । कोरोनाले सृर्जित लकडाउनले मुस्ताड जिल्ला सुनसान बनेको उनको भनाई छ ।
मुस्ताडमा अहिले ३ सय ५९ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएकोमा १ सय ६१ ज्ना निको भएका छन् ।

यस्तै,२३ जना कोरोना बिरामी हेलि मार्फत पोखरा पठाईएको छ भने १२ जना कोरोना संक्रमितले ज्यान गुमाईसकेका छन् । स्थानीय प्रशासनले बैशाख ३१ गतेबाट नियमित रुपमा घरपझोड,थासाड र वारागुड मुक्तिक्षेत्र गापामा निषेधआज्ञा लगाउदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया