स्वास्थ्य सामग्री सहयोग गर्दै युवा संघ

समाधान संवाददाता २०७८ जेठ २१ गते ८:०९

समाधान संवाददाता, पोखरा

अक्सिजन अभावमा जेठ १३ गते राति पोखरामा ६ जनाको ज्यान गयो । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतलामा एक सुत्केरीसहित ६ जनाले दम तोडे ।

यो खबर राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी कमिटी अध्यक्ष महेन्द्र गुरुङको कानमा प¥यो । अस्पताललाई सहयोग गर्नुपर्छ भन्ने योजना गुरुङले बनाए । युवा संघ अन्य सदस्यले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

गुरुङले अक्सिजनको जोहो काठमाडौं गएर गरे । ३७ वटा अक्सिजन सिलिन्डर विभिन्न पेशा व्यवसायमा आवद्ध युवा संघका कार्यकर्ताबाट मिल्यो । १३ वटा चाहिँ आफ्नै खर्चमा जुटाए ।

यसरी संकलन गरेको ५० वटा सिलिन्डर युवा संघ गण्डकीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरेको छ ।

Advertisement

बिहीबार अस्पतालमा एक कार्यक्रमका माझ युवा संघले अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर, २ कार्टुन सर्जिकल मास्क र २ कार्टुन नै स्यानिटाइजर सहयोग गरेको हो । करिब १० लाख रुपैयाँ बराबरको सामान रहेको युवा संघका पदाधिकारीले बताए ।

युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, गण्डकी अध्यक्ष महेन्द्र गुरुङ, गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, कृष्णबहादुर थापा, मानबहादुर गुरुङ लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोग सामग्री लिँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर डुकबहादुर क्षेत्रीले अक्सिजनलाई स्टकमा राखिने बताए । ‘स्टकमा राख्छौं, यहाँको सप्लाई कट अफm भएपछि इमरजेन्सिमा प्रयोग गर्छौं,’ उनले भने ।

युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवा संघ जिम्मेवार संस्था भएकाले स्वयंसेवकीय भूमिका खेलेको बताए । कोभिड रोकथामका लागि संगठन व्यापक रुपमा परिचालित भएको उनले जोडे ।

‘भ्याक्सिजन भोलुन्टिएर बनाएर राखेका छौं, चाहिएको अवस्थामा एक साथ परिचालित हुन्छौं,’ उनले भने । युवा संघका गण्डकी अध्यक्ष महेन्द्र गुरुङले अक्सिजनले अस्पतालमा उपचारलाई सहयोग पुग्ने आशा व्यक्त गरे । आफूहरुले कासकीका ४ गाउँपालिकालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया