राहत बाँड्दै, अनुगमन गर्दै सांसद पहारी

पोखरा, २१ जेठ
गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी कोरोनाका कारण सिर्जित लकडाउनले जनताको जीवन कस्टकर बन्दै गएको भन्दै उनीहरुलाई खाद्यान्न सहयोग जुटाउन लागेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा कोरोना नियन्त्रण र संक्रमित जनताको उपचारमा लागिपरेका सांसद पहारीले पोखरा महानगर वडा नम्बर २४ स्थित कास्कीकोटका विपन्न र आर्थिक अवस्था कमजोर भएका जनतालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
शुक्रबार पहारीको समन्वयमा नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल र बटरफ्लाई फाउन्डेसनकोसहयोगमा ४५ परिवारलाई चामल,तेल,तरकारी,नुन लगायत १ लाख ५० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री प्रदान गरिएको हो।
त्यस अवसमा पहारीले कोरोना माहामारीका कारण यसको नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनका कारण श्रमजीवी जनताको जीवन कष्टकर बन्दै गइरहेको बेलामा उनीहरुको सहयोगमा जुटेको प्रतिक्रिया दिए ।
उनले जनताको दुख आफ्नो दुख भएको भन्दै लकडाउनलाई पूर्ण पालना गरी कोरोना नियन्त्रणमा सहयोगी बन्न आग्रह गरे । अप्ठेरोमा सिधै सम्पर्क गर्न आग्रहसमेत उनले गरेका छन् ।
पोखरा महानगर वडा न २४ का अध्यक्ष ओम सुवेदीले कठिन परिस्थितिमा साथ दिने नै जीवनकालमा महŒवपूर्ण हुने भन्दै सांसद पहारीलाई धन्यवाद व्यक्त गरे।
सुवेदीले पहारीलाई दुखमा साथ दिने कामलाई निरन्तरता दिँदै विकासलाई समेत यो अप्ठेरो अवस्थामा निरन्तर चासो र खबरदारी गरेको भन्दै पहारीको कार्यको सह्रानासमेत गरे।
यसलगत्तै सांसद पहारीले पोखराका उपमेयर मञ्जुदेवी गुरुङ र प्राविधिकहरुसहित उक्त वडामा सञ्चालित विभिन्न विकास आयोजनाहरुको निरीक्षण र अनुगमनसमेत गरेको उनका स्वकीय सचिव साजन सुवेदीले जानकारी दिए।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया