४ कानुन व्यवसायीलाई अवहेलनाको मुद्दा लाग्न सक्ने प्रधानन्यायधीशको चेतावनी

समाधान संवाददाता २०७८ जेठ २३ गते १३:५२

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा ‘वरिष्ठता आधार’मा न्यायाधीश छनौट चयन गरी इजलास अघि बढाइसकेको अवस्थामा आज फेरि प्रश्न उब्जाउन खोजिएको बताएका छन् ।

चार जना कानुन व्यवसायीले प्रतिनिधि सभा विघटनसम्बन्धी रिट ११ जना न्यायाधीशले हेर्न नमिल्ने जिकिरसहित निवेदन दर्ता गर्न खोजेका छन् ।

तर, प्रधानन्यायाधीश राणाले कडासँगै ‘कानुन व्यवसायीको रूपमा तपाईंहरूले इजलासको मर्यादा कायम राख्नुपर्छ’ भनी निवेदकहरूलाई जवाफ दिएका छन् । राणाले भने, ‘तपाईंहरूको निवेदनले यो मुद्दामा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने अवस्था आउन सक्छ ।

Advertisement

निवेदनका कारण तपाईंहरूलाई अवहेलना मुद्दा लगाउनु पर्ने हुन सक्छ । तपाईंको निवेदन दर्ता भएपछि आउने अवस्थाको भागेदार तपाईं नै हुनुपर्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया