संक्रमित परिवारलाई कांग्रेसको सहयोग

पोखरा, २३ जेठ
आर्थिक अभावमा रहेको कोरोना संक्रमित परिवारलाई नेपाली कांग्रेसले सहयोग गरेको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना संक्रमित शिशुका परिवारलाई काँग्रेसको पहलमा सहयोग गरिएको हो ।
२१ दिने शिशुसहित बाबुआमा पनि संक्रमित छन् । उनी तीन जनाको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।
रोल्पा घर भई विगत ५ वर्षदेखि पोखरामा बस्दै ज्यालादारी मजदुरी गर्दै आएको सो परिवार आर्थिक संकटमा भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेसका युवा नेता भानु ढकालको पहलमा आर्थिक सहयोग जुटेको हो ।
पोखरा फूलबारीमा डेरा गरी बस्दै आएको बुढा मगरको परिवारलाई आइतबार एक लाख ५८ हजार आर्थिक सहयोग गरिएको थियो ।
नेपाली कांग्रेस कास्कीका प्रवत्ता नवीन सिग्देल, जिल्ला सदस्य भिम गौतम, पोखरा ११ का वडा अध्यक्ष मोहन बास्तोला, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी अध्यक्ष नारायण बराल, जिल्ला अध्यक्ष उदयकान्त तिवारी, नेपाल दलित संघ कास्कीका सचिव गोविन्द नेपालीकोे उपस्थिति र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीको रोहवरमा सहयोग हस्तान्तरण गरिएको हो ।
विभिन्न सहयोगीदाता र नेपाली कांग्रेस कास्कीको बिपी विपत् कोषबाट संकलित रकम सहयोग गरिएको छ । उक्त परिवारका लागि पोखरा पृथ्वीचोक निवासी ध्रुव गुरुङले ६० हजार, नेका क्रियाशील सदस्य टीकाकुमारी गुरुङले २० हजार, युवा व्यवसायी विश्वराज श्रेष्ठले १० हजार, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रज्वल रञ्जितले १० हजार सहयोग गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला सदस्य भीम गौतम, नेपाली कांग्रेस कास्की बिपी विपत् कोष, अमरसिंह उच्च माविका पूर्व प्रधानाध्यापक विजयबहादुर थापा, जनप्रिय क्याम्पस स्ववियु सभापति आशिक गुरुङ र युवा व्यवसायी दीपेन्द्र शर्माले ५÷५ हजार, लोटस् युनिफर्मका सिद्धार्थ गुरुङ र मिली नेपालीले तीन÷तीन हजार, नेपाल तरुण दलका नेता सुजन सुवेदीले २ हजार सहयोग गरेका छन् ।
त्यस्तै पोखरा चाउथे निवासी परिचय खुलाउन नचाहने महिलाले १५ हजार र अर्का एक युवाले १० हजार सहयोग गरेकी छन् । ‘स्वस्फूर्त रुपमा सहयोग जुटेको हो, युवा नेता ढकालले भने, ‘सहयोग गर्ने सबैप्रति आभारी छु ।’









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया