अस्पतालको अपराध

समाधान संवाददाता २०७८ जेठ २४ गते ८:०९

सम्पादकीय

मनिपाल अस्पतालले ९० हजार रुपैयाँ धरौटी राख्ने हैसियत नभएको भन्दै गएको साता संक्रमित २१ दिने शिशुलाई डिस्चार्ज ग¥यो । शिशुका बाबु २८ वर्ष जानबहादुर बुढा मजदुरी गर्दै परिवारको गर्जाे टार्दै आएका मजदुर हुन् ।

सुत्केरी श्रीमतीसहित अस्पतालको आश्रय लिन गएका उनलाई मनिपालले जुन व्यवहार ग¥यो, त्यो घोर अमानवीय र अक्षम्य छ । बुढाले शिशुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेर अहिले शिशु सघन उपचार कक्षमा उपचार गराइरहेका छन् ।

Advertisement

उनका दम्पती पनि संक्रमित छन्, आइसियुमा बसिरहेका छन् र शिशुको एनआइसियुमा राखिएका छन् । आफ्नै शिशुलाई पनि मायाले काखमा राख्न पाएका छैनन् । धन्न सरकारी अस्पताल थियो र उनको उपचार हुन पाएको छ । मनिपालले निकालिदिएको र अरुले पनि उपचार गर्ने वातावरण नभएको भए जानबहादुर दम्पतीको शिशुको भविष्य के हुन्थ्यो भन्न सकिन्थेन ।

नेपाल सरकारले संक्रमितको निशुल्क उपचार गराउने र त्यस वापतको खर्च दिने सम्झौता गरेको साता दिन नपुग्दै मणिपालले संक्रमितलाई निकाल्यो । यो निकै संवेदनशील मुद्दा हो । तर पोखराको बौद्धिक वर्ग यसमा चुप बस्यो, निमुखा बुढामगरको न्यायका लागि बोलेन ।

Advertisement

प्रशासनले कानमा ठेडी राख्यो, आँखामा पट्टी बाँध्यो, नसुनेजस्तो ग¥यो, नदेखेजस्तो ग¥यो । केही मनकारीहरुले बुढामगर दम्पतीका लागि आर्थिक सहयोग गरे । ज्याला मजदुरी गर्ने व्यक्तिका लागि जति सकस अहिले अरुलाई पक्कै छैन । निषेधाज्ञाका कारण एकातिर श्रमको अवसर छैन, अर्कातिर संक्रमित हुनुपरेको छ । दिनभर कमाएर छाक टार्ने परिवारका दुख प्रयत्न राज्यले गरेको छैन ।

कहिले अक्सिजन अभावले बिरामीको मृत्युको समाचार आउँछ । कहिले संक्रमितलाई अस्पतालले निकालेको समाचार आउँछ । कहिले अस्पतालले चर्काे शुल्क असुलेको खबर आउँछ ।

तर यस्ता मुद्दामा प्रशासनले कहिँ कतै एक्सन लिएको समाचार अहिलेसम्म आएको छैन । धन्न उपचार गरिराछन्, अस्पतालले जस्तो गरी ऊ लुटाहा अस्पतालहरुकै पक्षमा उभिएको प्रतीत भइरहेको छ । राज्यले महामारीका बेला लुट्नु लुट भनेर अस्पतालहरुलाई लाइसेन्स दिएको होइन ।

उनीहरुको शुल्क र दर अरु बेला जति थियो, त्यसमा छुट दिएर पो राज्य र नागरिकप्रतिको दायित्व निर्वाह गर्नुपथ्र्याे । तर अप्ठेरोमा परेका बेला निमुखा नागरिकलाई निचोरेर धन कुम्ल्याउने घातक रोगले संक्रमित देखिएका छन् निजी अस्पताल ।

वास्तवमा उनीहरुले पो मृत्युलाई नजिकबाट देखेका छन्, अरुले भन्दा । धन भएर मात्रै जीवन जोगिने रहेनछ । तर, अस्पताल सञ्चालकहरुलाई त्यस्तो बुद्धि नआउनुचाहिँ पक्कै झन् ठूलो संक्रमण हो । कोभिड १९ सँगसँगै यस्ता अमानवीय संक्रमणको उपचार पनि हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया