आजबाट चिनियाँ खोप लगाइँदै
समाधान संवाददाता
२०७८ जेठ २५ गते ६:२२

काठमाडौं । चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ ।
यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।
सोमबारको परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया