कृष्ण थापामाथि कारबाही हुनुपर्ने भन्दै सभामुख सर्वोच्चमा
समाधान संवाददाता
२०७८ जेठ २६ गते १२:५५

समाधान संवाददाता, पोखरा
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेजीलाई सर्वोच्चले बदर गरिदिएपछि सभामुख नेत्रनाथ अधिकारी सर्वोच्चमा पुगेका छन् । अदालतले गरेको निर्णय खारेज हुनुपर्ने भन्दै सभामुख अधिकारी भ्याकेट निवेदन लिएर अदालत पुगेको अदालतका संचार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
सभामुख अधिकारी मंगलबार दिउँसो सर्वोच्च पुगेका थिए । तर हिजो समय कटिसकेको भन्दै अदालतले उनको निवेदन लिएको थिएन । सभामुखले निवेदन दिइसकेको र अध्ययन पछि दर्ता हुने पौडेलले बताए ।
‘हिजो नै आउनुभएको थियो, तर समय कटेकाले हिजो दर्ता भएन, आज २ बजे दर्ता हुन्छ,’ पौडेलले भने ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको थियो ।
सम्बन्धित









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया