कोरोना संक्रमितलाई डिभाइनको सहयोग

समाधान संवाददाता २०७८ जेठ २७ गते ८:२७

पोखरा, २६ जेठ

डिभाइन युथ क्लब नेपाल कास्कीले बुधवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोभिड संक्रमितहरुलाई स्वास्थय तथा सरसफाई सम्बन्धी सामग्री उपलब्ध गराएको छ । क्लबले उक्त सामग्री संक्रमितहरुलाई वितरण गर्ने गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीलाई हस्तान्तरण गरेको हो ।

गण्डकी प्रदेशका विभिन्न स्थानबाट सरकारी अस्पतालमा उपचाररत कतिपय न्यून आर्थिक अवस्था भएका कोभिड संक्रमितहरुको व्यक्तिगत स्वास्थ्यलाई मध्यनजर गर्दै ती सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ । क्लबले हस्तान्तरण गरेको सामग्रीमा मास्क, सेनिटाइजर, साबुन,ब्रस, टुथपेस्ट जस्तासामग्री छन् ।

Advertisement

हाल प्रतिष्ठानमा ८० जना संक्रमितहरुको उपचार भइरहेको छ । कोभिड १९ बाट संक्रमित भई उपचाररत सबैलाई उकत सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सरिता कार्की, कोभिड फोकल पर्सन डा। शरद बराल र डा डेभिड श्रेष्ठ, कोभिड आइसोलेसन वार्ड इन्चार्ज साबित्री तिवारी र गीता तिवारी, श्यामा श्याम सत्संग पोखराका सदस्य विष्णु पुरी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकावरिष्ठ अस्पताल नर्सिङ प्रशासक सरिता कार्कीले हस्तान्तरण गरिएका सामग्रीहरु बिरामीका लागि अत्यन्तै उपयोगी हुने बताइन् । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले क्लबलाई धन्यवाद प्रदान गरे ।

Advertisement

राधेराधे अन्तर्गतको क्लबले श्यामा श्याम सत्संग पोखरा र विद्वत समाज नेपालकास्कीको सहयोग र सहकार्यमा यस अघि पनि अस्पतालका बिरामीहरुका लागि सबै वार्डमा वाटर डिस्पेन्सर स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री वितरण लगायत कार्यक्रमहरु सञ्चालन गरिसकेको क्लबकासंयोजक सुकदेव गुरुङले बताए ।

जगद्गुरु कृपालुजी महाराजका एक मात्र नेपाली प्रचारक स्वामी हरिदासजीद्वारा गठित क्लब सामाजिक सेवा र आध्यात्मिक जागरणको क्षेत्रमा सक्रिय छ ।

तपाईको प्रतिक्रिया