सभामुखलाई कृष्ण थापाको प्रश्नः माओवादीले पठाउँदैमा जे गर्न नि पाइन्छ ?
समाधान संवाददाता
२०७८ जेठ २७ गते १०:३६

समाधान संवाददाता, पोखरा
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सभामुख नेत्रनाथ अधिकारीमाथि कटाक्ष गरेका छन् । माओवादी भएकाले अर्काको फल खाँदै हिँडेको भन्दै उनले व्यङ्ग्य गरेका छन् ।
सभामुख अधिकारी सांसद थापाको पद पुनर्बहाली भएपछि अदालत गएका थिए । त्यसमा प्रतिक्रिया जनाउँदै थापाले आफूले फलाएका फल माओवादीको करकापमा एउटा स्वतन्त्र पदको व्यक्ति आएर खाइदिएको उनको भनाइ छ ।
‘मैले आफ्नो बारीमा फलफुल फलाएको थिएँ ।आफन्त र परिवारलाई पु¥याउन अप्ठेरो भइरहेको थियो। त्यही पनि छेउमा दुई काँक्रा जोगाई राखेको थिएँ। स्वतन्त्र पदीय मर्यादामा बसेको व्यक्तिले आएर खाइदिन मिल्छ र ? माओवदिले पठाउँदैमा ?’ उनले लेखेका छन् ।
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया