भुर्जुङखोलामा रक्तदान, ५६ युनिट रगत संकलन

पोखरा, २७ जेठ
कास्कीको माछापुच्छ«े गाउँपालिका २ भुर्जुङखोलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५६ यूनिट रगत संकलन भएको छ ।
कोरोनाको महामारीसँगै पछिल्लो समय अस्पतालहरुमा रगत अभाव देखिन थालेपछि भुर्जुङखोलामा स्थानीय ग्रिनफोर्स युथ क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा स्थानियबासीहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीताका लागि क्लबले सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरिएको जनाएको छ ।
क्लबका अध्यक्ष रामप्रसाद गुरुङले रगत अभावलाई न्यूनीकरण गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना हुने बताएका छन् ।
साथै सोही अवसरमा क्लबले स्थानीय सार्दीखोला स्वास्थ्य चौकीमा सञ्चालनमा आएको आइसोलेसन कक्षको व्यवस्थापनको लागि आर्थिक सहयोग पनि गरेको छ । ‘खास गरी हामीले अन्य भौतिक सहयोग पनि आइसोलेसनका लागि गर्दै आएका हौँ ।
तर क्लबको सक्रियतामा आर्थिक सहयोग पनि गरौँ भन्ने लागेपछि हामीले हाललाई २० हजार रुपैयाँ सहयोग गरेका हौँ,’ क्लबका कोषाध्यक्ष राजेन्द्र आचार्यले भने । क्लबले स्थानीयस्तरमा हाल कोरोना र लकडाउनका कारणले समस्यामा परेका विभिन्न व्यक्ति र समूहहरुलाई पनि सहयोग गर्दै आएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया