प्रदेश प्रमुखकहाँ पुगे विपक्षी

समाधान संवाददाता, पोखरा
कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै प्रदेश प्रमुखकहाँ गएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमत दाबी गरेर आउन दलहरुलाई आह्वान गरेपछि विपक्षीहरु गएका हुन् ।
कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चाका २ (कृष्ण थापा बाहेक ), जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षर सहित उपस्थित भएको जनाइएको छ । प्रदेश प्रमुखले दाबी हेरेर सरकार गठन गर्न दिने÷नदिने निक्र्योल गर्ने छिन् ।
गण्डकीमा भोलिसम्म बहुमत दाबी गरेर आउन प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन्। संविधानको १६८ (५) अनुसार सरकार गठनका लागि बहुमत दाबी गरेर आउन प्रदेश प्रमुखले आह्वान गरेकी हुन् ।
बिहीवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उनलाई विश्वासको मत दिएका छन् । अविश्वासमा ३० र तटस्थमा १ मत खसेको छ । १ सांसद अनुपस्थित रहे । जनमोर्चाका कृष्ण थापाले तटस्थमा मत हालेका हुन् ।
कांग्रेस नेतृत्वको गठबन्धनमा ४ दल गुरुङ सरकार ढाल्न लागेका थिए । कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर यो गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याएको थियो । २ वैशाखमा अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर अविश्वास प्रस्तावमा मतदान हुन पाएको थिएन ।
१५ वैशाखको बैठकमा मतदान हुने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई अनिश्चितकालका लागि स्थगित गरिदिएका थिए । पछि कार्यव्यवस्थाको बैठकले २७ वैशाखमा अविश्वासमा मतदान हुने निर्णय गरेको थिया । मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए ।
प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमत दाबी गरेर आउन विपक्षीलाई समय दिएपनि उनीहरु जान सकेनन् । र ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै दोहोरिएका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया