लिखित सहमति बिना सरकारमा नजाने सांसद लामाको चेतावनी

समाधान संवाददाता, पोखरा
जनता समाजवादी संसदीय दल गण्डकीकी सचेतक धनमाया लामा पोखरेलले सरकारमा नजाने चेतावनी दिएकी छन् ।
पूर्व सहमति अनुसार दलका २ जना सांसदले एकसाथ शपथ नखुवाए सरकारलाई साथ नदिने उनको चेतावनी छ । जनता समाजवादीका २ सांसदमध्ये हरिशरण आचार्यले आज शपथ लिने तयारी छ ।
कांग्रेस नेतृत्वको गठबन्धनमा जान आफूहरुले २ जना सांसद नै मन्त्री बन्ने सहमति गरेपनि अहिले आएर सहमति तोड्न खोजिएको उनको आरोप छ । ‘हामीले पहिलाबाट नै २ जना नै सरकारमा जाने सहमति गरेको हो, तर आज उहाँहरु हुन्न भन्नुभएको छ,’ लामाले भनिन् ।
लिखित सम्झौता नभएसम्म जनता समाजवादी सरकारमा नजाने उनको दाबी छ । प्रदेश कमिटीको बैठकले आज गरेको निर्णय पनि त्यही रहेको उनले बताइन् । ‘हाम्रो आजको जुम मिटिङको पनि निर्णय त्यही थियो, २ जना नै जानुपर्छ भन्ने, १ जनामात्रै गएपनि सरकारलाई साथ दिन सकिन्नँ,’ लामाले भनिन् ।










बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया