मेस्सीको गोल, अर्जेन्टिना बराबरीमा रोकियो

समाधान संवाददाता २०७८ असार १ गते ८:५७

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १(१ गोलको बराबरीमा रोकिएको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो ।

खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

Advertisement

चिलीका एरिक पुल्गरले पेनाल्टी क्षेत्र भन्दा केहि बाहिर जियोभानी लो सेल्सोलाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो । जसमा मेस्सीले टप कर्नरमा उत्कृष्ट गोल गरे । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो ।

तर, खेलको ५८ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १(१ गोलको बराबरीमा फर्काए । अर्टुरो भिडालले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले रोकेपछि आएको रिबाउन्ड बलमा उनले गोल गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया