लाभांश पारित गर्न नागरिक लगानी कोषको साधारण सभा बस्दै, ८ गते बुक क्लाेज

कोषले सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने
समाधान संवाददाता, काठमाडौं
नागरिक लगानी कोषले असार १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउसो २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले १७.८९% लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ९% बोनस सेयर र करसहित ८.८९% नगद गरी कुल १७.८९% लाभांश वितरण गर्न लागेको हो ।
यता, कोषले सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, असार ७ गतेसम्म कायम सेयरधनीले मात्र कोषले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।
लाभांश अर्थमन्त्रालयबाट स्वीकृत हुन बाँकी छ। त्यसपछि बल्ल साधारणसभाले स्वीकृत गर्ने छ। बोनस सेयर वितरणपछि पुँजी २७ करोड रुपैयाँले बढ्ने छ।
विगत चार बर्षदेखि २३ प्रतिशतभन्द बढी लाभांश दिँदै आएको कोषले यसपाली घटाएको हो। अरुबेला कर प्रयोजनका लागि नगद लाभांश दिँदै आएको कोषले यसपालि बोनस सेयर हाराहारी नै नगद बाँड्न लागेको हो।
पछिल्लो चार बर्षयता कोषले २२ प्रतिशतका दरले पुँजी बढाउँदै लगेको थियो। गत बर्ष ८२.८४ प्रतिशत हकप्रद सेयर पनि दिएको थियो।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया