पृथ्वीसुब्बाले भने: तमुवान् नाम राखे सरकार जोगाइदिने प्रस्ताव आएको थियो

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नाम तमुवान राखे आफ्नो सरकार जोगाइदिने प्रस्ताव आएको दाबी गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
आफूलाई संसदको एउटा दलले त्यस्तो अफर गरे पनि आफूले नस्विकारेको उनले बताए । कुन पार्टी हो भन्ने बारे उनले केही खुलाएनन् । ‘यो समीकरण बनाउने बेला धेरै साथीहरुसँग कुरा ग¥र्यौं । एउटा पार्टीले भन्यो प्रदेशको नाम तमुवान् राखिस् भने तेरो सरकार जोगाउँछु भनेर,’ गुरुङको दाबी थियो, ‘मैले मानिनँ । चाहिँदैन, यो बाटोमा हिँड्न सक्दिनँ भनें ।’
गुरुङले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिन सक्दिनँ भन्न नसक्ने बताए । पोखरेले परिपक्व, शालीन व्यक्तित्व भएकाले उनलाई विश्वासको मत दिन्नँ भन्न नसक्ने गुरुङले बताए । तर पोखरेलले अवसरवादीलाई लिएर सरकार बनाएकाले विश्वासको मत दिन नसक्ने उनको भनाइ थियो । ‘उहाँलाई म विश्वासको मत दिन्नँ भन्न गाह्रो भयो । कृष्णचन्द्रलाई दिनुहोस् भन्नुभएको होइन । मेरो नेतृत्वमा बनेको सरकारलाई भन्नुभएको छ,’ गुरुङले भने, ‘जुन धरातलमा अवसरवादीहरुको गठबन्धन भएको छ, त्यो गठबन्धनलाई एमालेले विश्वासको मत दिन सक्दैन ।’









वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया