कृष्णचन्द्रले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । उनलाई सदनमा ३१ सांसदले विश्वासको मत दिएका छन् । २७ सांसदले भने विश्वासको मत दिएनन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेपछि सांसद कायम संख्या ५९ छ ।
मुख्यमन्त्री पोखरेलले मंगलबार संसद सचिवालयमा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यता अनुसार विश्वासको मत मागेका थिए ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेले २८ असारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यता भएपनि सरकारका कामकारबाही अघि बढाउन छिट्टै विश्वासको मत मागेका हुन् ।
४ दलीय गठबन्धनमा किचलो आउन नदिन र सरकारका कारबाही अघि बढाउन विश्वासको मत लिएपछिमात्रै मन्त्रालय विस्तार गर्ने मुख्यमन्त्री पोखरेलले तयारी गरेका छन् । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरलाई नियुक्त गरेकी थिइन् ।
मन्त्रालय विस्तार र नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी नतोक्दा सरकारको कारबाही अघि बढाउन समस्या आएको छ । विश्वासको मत पाएका मुख्यमन्त्री पोखरेलले अब मन्त्रालय विस्तार र मन्त्रालय भागभण्डा गर्ने तयारी गरेका छन् ।
शनिबार मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य, र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका थिए । अहिले यी ४ जना नै विनाविभागीय हुन् ।
मुख्यमन्त्री नियुक्त भएको तेस्रो दिनमै पोखरेल सरकारले बजेट ल्याएको थियो । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
जम्बो गठबन्धन सहित मुख्यमन्त्री बनेका पोखरेललाई गठबन्धनलाई एक ढिक्का बनाएर राख्नुपर्ने चुनौती छ । नेकपामा आएको फुटझैं गठबन्धनमा पनि फुट सिर्जना हुनसक्ने संशय मुख्यमन्त्री पोखरेलमा छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन लामो समय नजाने र फुट सिर्जना हुने आँकलन गरिसकेका छन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया