सरकार बनाउन अनैतिक सम्झाैता, अब नैतिक संकट

समाधान संवाददाता, पाेखरा ।
इमान्दार र निष्ठा भएका नेताकाे रुपमा पहिचान भएका गण्डकि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेल र जनता समाजवादी पार्टीबीच सरकार बनाउनका लागि अनैतिक सम्झाैता भएकाे लिखित सहमति पत्र सार्बजनिक भएकाे छ ।
सत्ताकाे चाबी हातमा लिएकाे जनता समाजवादी पार्टीले विश्वासकाे मत दिनु अघि लज्जाजनक बार्गेनिङ गरेपछि मुख्यमन्त्री पाेखरेल एक्लैले प्रदेशकाे एैन नै संशाेधन गर्ने गरी सम्झाैता गरेका छन् । सम्झाैताकाे पहिलाे बुँदा त उनकाे क्षमता भन्दा बाहिरकाे छ ।
एमाले नेतृत्वकाे सरकार हटाउन कांग्रेस, माओवादी, जसपा, जनमाेर्चा र स्वतन्त्रकाे गठबन्धन बनेकाे थियाे । उनीहरुबीच हरेक कुरा सहमति र सहकार्यमा गर्ने अनाैपचारिक सहमति पनि भएकाे थियाे । तर जिम्मेबारी वाँडफाडमा जसपाले अडङ्गाे थापे पछि यी दुई दलले एक्लै सम्झाैता गरेका हुन् ।
लिखित सम्झाैता नभइकन विश्वासकाे पक्षमा मत नदिने अडान जसपाले लिएकाे थियाे । मुख्यमन्त्री नियुक्त हुने दिन नै जसपाबाट हरिशरण आचार्य मन्त्री बनेपछि अर्की सांसद धनमाया लामाले असन्तुष्टि व्यक्त गर्दै सरकार नटिक्ने चेतावनी दिएकी थिइन । जसपा अनुपस्थित भएमात्र पनि पाेखरेल सरकारले विश्वासकाे मत पाउने सम्भावना थिएन ।
त्यसैले विश्वासकाे मत पाउने अघिल्दाे दिन मुख्यमन्त्री पाेखरेलले बाध्य भएर जसपासँग एक्लै सम्झाैता गरेकाे कांग्रेसका एक सांसादले समाधानलाई बताए । त्याे सम्झाैताकाे दाेश्राे बुँदामा जसपालाई अर्थ मन्त्रालयसहित २ वटा मन्त्रालय दिने कुरा उल्लेख छ । याे सहमतिका बारेमा गठबन्धनकाे दाेश्राे ठुलाे दल माओवादी केन्द्र समेत बेखर छ ।
पहिलाे बुँदामा प्रदेश सभामा दलीय मान्यता पाउनका लागि बनाइएकाे थ्रेसहाेल्ड हटाउने कुरा उल्खेछ ।
दाेश्राे बुँदामा सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने कुरा छ । उक्ता संयन्त्रमा गठबन्धनका सबै दलबाट २–२ जना सदस्य रहने र यसैकाे निर्देशनमा व्यवस्थित रुपमा सरकार सञ्चालन गर्ने कुरा छ ।
तेश्राे बुँदामा सत्ता सहकार्यकाे कुरा छ । गण्डकी प्रदेश सभामा २ सदस्यमात्र रहेकाे जसपाकाे दुवै जनालाई मन्त्री बनाउने गरी मुख्यमन्त्री पाेखरेल र जसपाका संसदीय दलका नेता आचार्यले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । त्यसमा पनि अर्थ मन्त्रालय सहित २ वटा मन्त्रालय दिने स्पष्ट उल्लेख गरिएकाे छ ।
चाैथाे बुँदमा प्रदेश सरकारबाट हुने राजनैतिक नियुक्तिमा पनि भागबण्डा गरेरै गर्ने सहमति कायम गरिएकाे छ । याे बुँदमा गठबन्धनकाे भावनालाई सम्बाेधन हुने गरी राजनैतिक नियुक्ति गरिने सम्झाैता गरिएकाे छ ।
यही सम्झाैता भएपछि जसपाले मुख्यमन्त्री पाेखरेललाई विश्वासकाे मत दिएकाे छ ।
अहिले यही सम्झाैता अनुसार चल्न मुख्यमन्त्री पाेखरेललाई अप्ठेराे परेकाे छ । अर्थमन्त्रालय नपाए सरकारमा नजाने अडानमा जसपाका आचार्या छन् भने अर्थमन्त्रालय र भाैतिक याेजना मन्त्रालय साना दललाई दिन नसकिने अडानमा कांग्रेस र माओवादी केन्द्र छन् ।
माओवादी केन्द्रले दाेश्राे ठुलाे दलकाे हैसियतले अर्थमन्त्रालय वा भाैतिक याेजना मन्त्रालय मध्ये १ नछाेड्ने अडान लिएकाे छ । अर्थमन्त्रालयकाे जिम्मेवारी अनाैपचारिक रुपमा कांग्रेसका कुमार खड्काले पाइसकेका छन् । यस्ताे अवस्थामा मुख्यमन्त्री पाेखरेल नैतिक संकटमा परेका छन् ।
पाेखरेल र आचार्यबीच भएकाे सम्झाैता पत्र










वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया