कस्तो रहन्छ आजको मौसम ?
समाधान संवाददाता
२०७८ असार ८ गते ८:५०

काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा समेत रहेकाले मौसम प्रभावित भएको हो ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।
मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको समेत सम्भावना छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया