आजबाट कास्कीमा खुकुलो पारिएको निषेधाज्ञा

समाधान संवाददाता २०७८ असार ८ गते ११:३१

पोखरा । कास्कीमा आजबाट बजार आशिंक रुपमा खोलिएको छ । ६ असारमा जिल्ला प्रशासन कार्यालय, कास्कीले विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा अवधि एक साता बढाएको थियो ।

Advertisement

आजबाट निजी सवारीसाधन जोरबिजोर आधारमा सञ्चालन गरिएको छ । बजारलाई बिहान १२ बजेसम्म खोल्न दिइएको छ । चार पाङ्ग्रेमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइनेछ ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलनु, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन ।

Advertisement

तर यसबाहेकका पेसा, व्यवसाय, पसलहरु बिहान ५ देखि दिउँसो १२ सम्म मात्र संचालन गर्न सकिने आदेशमा उल्लेख छ । पसल, व्यवाय संचालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने कायम गर्नुपर्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया