संसद विघटनविरुद्धको मुद्दामा आजबाट सुनुवाइ

समाधान संवाददाता २०७८ असार ९ गते ९:१८

काठमाडौँ – दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनको बहस बुधबारदेखि संवैधानिक इजलासमा सुरु हुँदैछ ।

संसद विघटन सम्बन्धी मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पेश गरिसकेका छन् । गएको जेठ २६ गते कारण देखाउ आदेश जारी भएको थियो । सो मुद्दाको सुनुवाई बुधबारदेखि सुरु हुन लागेको हो ।

संसद विघटनसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४६ जना सांसदहरुको हस्ताक्षरसहित दायर गरेको रिटलाई मुख्य मुद्दा मानेर अन्य रिटहरुलाई सोही मुद्दाको सहायक मुद्दा मानेर सुनुवाइ अगाडि बढाइने छ।

Advertisement

तपाईको प्रतिक्रिया