५८ युनिट रगत संकलन

समाधान संवाददाता २०७८ असार १० गते १०:३७

समाधान संवाददाता, पोखरा

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४२ औं स्थापना दिवसको अवसरमा संगठनको गण्डकी प्रदेश कमिटीले बुधबार खुला रक्तदान आयोजना ग¥यो ।

कार्यक्रममा ५८ युनिट रगत संकलन भएको संगठनका प्रदेश अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले पहिलो रक्तदाता सुनिता रञ्जितलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरेका थिए ।

Advertisement

उनले जिफन्टको संस्थापक घटक युनियन संगठनले स्थापना दिवसमा रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्दै आएको बताए । ‘संगठन नियमित रक्तदान गर्ने संस्था हो,’उनले भने, ‘पोखरामा रगत अभाव भएको बेलाको कार्यक्रमको छुट्टै महत्व छ ।’ उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा जोड दिए ।

पृथ्वीराजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले कोरोनाको फैलावटलाई नियन्त्रण गर्न लगाएको निषेधाज्ञाले सार्वजनिक यातायात क्षेत्र तहसनहस भएको बताए । उनले रातो प्लेटका सवारीलाई निर्वाध चल्न दिएपनि राज्यले कालो प्लेटका सवारीलाई चल्न नदिएर अन्याय गरेको आरोप लगाए । उनले समग्र यातायात व्यवसायी र मजदुरसँगको समन्वयमा आउने असार १६ गतेदेखि देशव्यापी रुपमा सार्वजनिक सवारी चलाउने घोषणा गरे ।

Advertisement

कार्यक्रममा नेपाल यातायात मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज कर्णसिं गुरुङ, केन्द्रीय कमिटी सचिव विष्णुबहादुर पराजुली, गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष तिलबहादुर विश्वकर्मा र सचिवालय सदस्य बाबुराम रानाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया