वारागुङ मुक्तिक्षेत्रको बजेट २९ करोड ९१ लाख

समाधान संवाददाता २०७८ असार ११ गते १५:५४

सुन्दरकुमार थकाली \ जोमसोम

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि २९ करोड ९१ लाख रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा भएको गाउपालिकाको १२ औं गाउँ सभामा उपाध्यक्ष ढिकी गुरुङले उक्त परिमाणको बजेट प्रस्तुत गरेकी हुन् ।
पालिकाले चालु खर्चतर्फ १६ करोड ४४ लाख २५ हजार र पुजिगत विकास खर्चतर्फ १३ करोड ४७ लाख बिनियोजन गरेको छ । गाउँपालिकाको कुल बजेट मध्ये संघीयतर्फ बित्तिय समानिकरण ६ करोड ९८ लाख ,शसर्त अनुदान ९ करोड ८७ लाख ,बिषेश अनुदान ३ करोड ३७ लाख र राजश्व बाडफाड ३ करोड ६१ लख ५६ हजार रहेको छ ।

प्रदेशतर्फ बित्तिय समानिकरण ४९ लाख ५१ ह्जार ,बिषेश अनुदान ५० लाख ,समपूरक अनुदान ५० लाख र प्रदेश राजश्व बाडफाट ३१ लख ८३ हजार समावेश छ । यस्तै गाउँपालिकाको आन्तरिक श्रोत २६ लाख र बैंक मौज्याद ४ करोड छ ।
गाउपालिकाले पेश गरेको बजेटमा कृषि,पशुपालन ,पर्यटन ,पूर्वाधार ,शिक्षा र स्वास्थ्य लगायतमा जोड दिएको उपाध्यक्ष ढिकी गुरुङले जानकारी दिईन् । उनका अनुसार कृषितर्फ २४ लाख ८४ हजार ,पशुपालनतर्फ शसर्त बाहेक १८ लाख ,पर्यटन प्रर्वद्धनतर्फ ३९ लाख,पूर्वाधार विकासतर्फ २ करोड ८० लाख ,शिक्षातर्फ १ करोड १५ लाख र स्वास्थ्यतर्फ ७६ लाख ८५ हजार बिनियोजन गरिएको छ ।
यस्तै गाउँपालिकाले कागबेनी ढल निर्माणमा ३० लाख ,मुक्तिनाथ मन्दिरसम्म जानको लागि एक्सेलेट निर्माणमा २० लाख ,मुक्तिनाथ भ्याली गुफाहरुलाई विश्वसम्पदा सुचिमा सूचिकृत गर्ने पूर्व तयारीका लागि १० लाख ,मुक्तिनाथ हाईअल्टिच्युड सेन्टर व्यवस्थापनमा १० लाख र एम्बुलेन्स खरिद कार्यक्रममा २० लाख बिनियोजन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया