बास्तोला गण्डकीको मुख्य न्यायाधिवक्ता नियुक्त

समाधान संवाददाता, पोखरा
अधिवक्ता रोहितराज बास्तोला गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधान २०७२ को धारा १६० अनुसार उनको नियुक्ति भएको हो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्ताको मर्यादाक्रम उच्च अदालतको न्यायाधीश समान हुन्छ ।
२५ वर्षदेखि कानुन व्यवसायमा क्रियाशील बास्तोला पोखरा ११ फूलबारीका स्थायी बासिन्दा हुन् । बास्तोला उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष उनी डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्वअध्यक्ष हुन् । मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल रहने संवैधानिक प्रावधान छ । संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुनेछ ।
तपाईको प्रतिक्रिया