अब कुन क्लबबाट खेल्लान मेसी ? सर्बत्र चासाे

एजेन्सी
फुटबलका विश्वप्रसिद्द एवं महान स्टार लियाेनन मेस्सी अब कुन क्लबकाे जर्सी लगाएर मैदानमा उत्रेलान भन्ने सर्बत्र चासाेकाे विषय बनेकाे छ । बार्सिलोनाका स्टार खेलाडी मेस्सी आजबाट स्वतन्त्र भएका छन् ।
एक वर्ष पहिले नै बार्सिलोना छोड्न चाहेका मेस्सी सम्झौतामा रहेको व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य भएका थिए । उनले गत साल आफु बार्सिलाेनामा खुशी नभएकाे बताउदा समेत क्लबले छाेडन चाहेकाे थिएन ।
तर अब बार्सिलोनासँगको उनको सम्झौता सकिएको छ । बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरातसँगै समाप्त भएको हो । महिनौँदेखि चलेका विभिन्न हल्ला तथा अनुमानका बाबजुद बार्सिलोनासँग उनले सम्झौता लम्ब्याएनन् ।
मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने छन् । नयाँ सम्झाैताकाे सम्भावना रहेकाे समाचारहरु पनि आइरहेका छन् । काेभिडका कारण क्लब फुटबल पनि संकटमा परेकाे बेलामा उनलाई कुन क्बलले कति रकममा आबद्द गर्ला भन्ने चासाेकाे विषय बनेकाे छ ।
हाल दक्षिण अमेरिकामा जारी काेपा फुटबल प्रतियाेगितमा मेसीले गरेकेा प्रदर्शनले पनि उनकाे खेल क्षमतामा कुनै कमी नभएकाे देखाएकाे छ ।
मेसी उपर इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहितको चासो पनि छ । ३४ वर्षका मेस्सीको नाम अमेरिकाको मेजर लिग सकर क्लबसँग पनि जोडिएको छ ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया