लोमान्थाङ गाउँपालिकाका विद्यार्थीलाई छात्रवृद्धि वापत ५० हजार दिईने

सुन्दरकुमार थकाली \ जोमसोम
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई “छात्रवृत्ति’ वितरण गर्ने भएको छ ।लोमान्थाङ गाउँपालिकाको गत बैशाख १४ गते बसेको गाउँकार्यपालिका बैठकले उच्चशिक्षा अध्ययन गर्दै गरेका पालिका भित्रका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि वापत नगद ५० हजार दिने निर्णय गरेको हो ।
लोमान्थाङले गरिव तथा जेहेन्दार छात्रवृद्धि वितरण कार्यविधि २०७८ मा व्यवस्था भए बमोजिम शैक्षिक सत्र २०७७ मा नियमित रुपमा प्लस टु र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत जेहेन्दार ,आर्थिक रुपले विपन्न तथा गरिब बिद्यार्थीलाई छनौट गरिएको र उनीहरुलाई पालिकाले छात्रवृद्धि प्रदान गर्ने लोमान्थाङकी शिक्षा शाखा अधिकृत मिरादेवी शर्माले जानकारी दिईन ।
उनका अनुसार यसअघि गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृद्धि छनौट गर्न पालिकाको शिक्षा शाखाले आवेदन माग गरेको थियो ।
लोमान्थाङले कायविधिमा उल्लेख गरिए अनुसार छात्रवृद्धि छानविन समिति गठन समेत गरेको थियो । समितिमा आवेदन परेका बिद्यार्थीको आवेदनका आधारमा छानविन गरी १४ जना बिद्यार्थीलाई छात्रवृद्धि सहुलियत प्रदान गरिने निर्णय भएको शिक्षा शाखा अधिकृत शर्माले उल्लेख गरिन् ।
लोमान्थाङले शैक्षिक सत्र २०७७ अन्तर्गत गरिब तथा जेहेन्दार छात्रवृद्धि स्वरुप स्नातक दोश्रो वर्ष अध्ययनरत निमा छिटिन गुरुङ ,एचए तेश्रो वर्ष अध्ययनरत छिरिङ युटीन गुरुङ र अन्य १२ जना कक्षा प्लस टु अध्ययनरत बिद्यार्थीलाई छनौट गरिएको हो ।










‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया