तनहुँको शुक्लागण्डकीमा फलामे पुल बगायो

तनहुँ । लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् ।
पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानबाट शुक्लागण्डकी–१ मा पर्ने सेराबेँसी, पोखरा महानगरपालिकाको मालेपाटनलगायतका स्थानमा आवतजावत गर्न असहज भएपछि स्थानीयवासीको सक्रियतामा काठे साँघु बनाइएको हो ।
सेराबेँसीलगायतका स्थानका बासिन्दा बजारको किनमेलका साथै खेतीपाती गर्न समेत उक्त पुल भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी एवं हंशबाहिनी माध्यमिक विद्यालय तनहुँका शिक्षक ठाकुरप्रसाद खनालले जानकारी दिए ।
प्रत्येक वर्ष वर्षात्को समयमा हुने बाढीका कारण समस्या पर्ने गरेको बताउँदै उनले समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने बताए ।
वर्षात्को समयमा यस क्षेत्रमा पर्ने खुदीखोला, तालखोला, गुवेखोला, आपुखोला, फुस्रेखोलामा बाढीसँगै जमिनसमेत कटान हुने गरेको भूक्षय, जलाधार वातावरण संरक्षण समितिका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
यस क्षेत्रको जलाधार संरक्षण गर्दै भूक्षय नियन्त्रणका लागि समितिले निरन्तर पहल गरिरहेको बताउँदै उनले साविकको लेखनाथ नगरपालिकाका वडा नं १२, १३, १५ का साथै देउराली गाविसको वडा नं १ का जनप्रतिनिधिसहित खुदीखोलाको जलाधार संरक्षण एवं भूक्षय नियन्त्रणका लागि नदीजन्य वस्तु ननिकाल्ने सहमति गरिएको जानकारी दिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया