समुदायलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७८ असार १९ गते ९:१३

समाधान संवाददाता, पोखरा

चिल्ड्रेन नेपालले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न १ लेवाडे र फल्लापानीका १सय ५ घर, परिवारलाई स्वास्थ्य सुरक्षा सामग्रीवितरण गरेको छ ।

कोभिड १९ को फैलावट बढिरहेको अवस्थामा संस्थाले माक्स,सेनीटाइजर, हातधुने साबुन,ज्वरो नाप्ने थर्मामिटर,थर्मलगन, पिपिई सेट, पल्स अक्सिमिटर,पञ्जा लगायतका सामग्रीवितरणगरेको कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए ।

Advertisement

संस्थाले अन्नपूर्ण गाउँपालिकालाई १ अक्सिजन कन्सन्टेटर मेसिन, २ पल्स अक्सिमिटर र २ इन्फ्रारेड थर्मामिटर हस्तान्तरण गरेको छ । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले स्वास्थ्य सामग्रीले पालिकाको कोभिड १९ रोकथाम नियन्त्रणमा सहयोग पुग्ने बताइन् ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले संस्थाले बालबालिकाको शिक्षा,अर्गानिक खेतीमार्फत सिमान्तकृत समुदायको जीवनस्तर सुधारको क्षेत्रमाकार्य गर्दै आएको बताए ।

Advertisement

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष भरतजंग कँुवर,चिल्डे«न नेपालका कोषाध्यक्ष शान्त पौडेल, नेपाल ग्रामीण जीविका सुदृढीकरण परियोजना संयोजक शिवशर्मा चापागाई लगायतले बोलेका थिए ।

संस्थाले बालअधिकार,मानव अधिकार संरक्षण र स्थानीय दिगो विकासकाप्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया