अफगान सेना र तालिबानबीचको भिडन्त, सेनासहित २३ को मृत्यु

समाधान संवाददाता २०७८ असार १९ गते १८:३२

१९ असार (रासस÷सिन्ह्वा)

अफगानिस्तानको सरकारी फौज र यहाँका तालिबानहरुबीच भएको दोहोरो भिडन्तमा परी २३ जनाको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भिडन्त भएको हो ।

त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन् । उक्त भिडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् ।

Advertisement

सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् । सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो ।

त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए ।

Advertisement

सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया