गोरखामा खोलाले बगाएर मृत्यु

समाधान संवाददाता २०७८ असार १९ गते १९:५२
प्रतिकात्मक चिन्ह

रासस, गाेरखा ।

गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ ।

बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

Advertisement

खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरेको उहाँले जानकारी दिनुभयो । अचेत अवस्था उद्धार गरिएका लामालाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो ।

उहाँको उपचार गर्दागर्दै करिब ११ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । लगतारको वर्षाका कारण उर्लिएर आएको फुङ्गीखोला लामालाई बगाएको हो । मतृकको शव परीक्षण गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया