लायन्स हेमजाको छात्रावृत्ति र राहत

समाधान संवाददाता २०७८ असार २० गते ८:५६

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ हेमजाले छात्रवृत्ति तथा खाद्यान्य सामग्री वितरण गरेको छ । क्लबको माइन्युट हस्तान्तरण कार्यक्रमको अवसरमा पोखरा २५ हेमजा सुइखेतमा अति विपन्न, अशक्त र असाय परिवारलाई खाद्यान्य वितरण गरिएको हो ।

यस वर्ष पनि गत वर्षझै पढौं अभियान अन्तर्गत विष्णुपादुका मावि हेमजामा कक्षा ८ मा अध्ययनरत सतिष मुल्मीलाई छात्रावृत्ति प्रदान गरेको छ । अघिल्लो वर्ष पनि मुल्मीलाई नै छात्रवृत्ति प्रदान गरिएको थियो ।

Advertisement

लायन्स क्लब अफ हेमजाका वर्ष २०२०–२१ का अध्यक्ष शिव पौडेलले वर्ष २०२१–२२ का अध्यक्ष प्रकाश पौडेललाई माइन्युट हस्तान्तरण गरे । कार्यक्रममा लायन्स क्लब ३२५ बि १ नेपाल वेलफेयर बैंक चिफ मिलन थापाले पदभार गर्दा नै क्लबले उदाहरणीय काम गरेको बताइन् ।

एलसिआइएफ डिस्ट्रिक कोर्डिनेटर तथा लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष मोतिराज तिमिल्सिनाले डिस्ट्रिकले ल्याएका हरेक कार्यक्रममा क्लब सधै सक्रिय भएर लाग्न आग्रह गरे । क्लस्टर चिफ पुरुषोत्तम पराजुलीले मानवीय सेवामा क्लब सधै अग्रपंक्तिमा रहनेमा आफू विश्वस्त रहेको बताए ।

Advertisement

रिजन चेयरपर्सन जीवन गोर्खालीले यो वर्ष डिस्ट्रिकमा नमुना क्लब हुने गरी काम गर्न आग्रह गर्नुभयो ।जोन १७ का जोन चेयरपर्सन केशवशरण पौडेलले लायन्सको उद्देश्य अनुरुपनै क्लबले काम गरेको बताए ।

लायन्स क्लब अफ हेमजाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिव पौडेल, विष्णु पादुका माविका शिक्षक मीनबहादुर पराजुली थापा, जोन १७ का मिडिया कोर्डिनेटर प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष नवराज त्रिपाठी, पूर्व अध्यक्ष हरिश्चन्द्र पौडेल, प्रथम उपाध्यक्ष डोलराज श्रेष्ठ र कोषाध्यक्ष गोविन्द अधिकारीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया