‘मानव अधिकारमैत्री कानुन बनाऊ’

समाधान संवाददाता, पोखरा
मानव अधिकारकर्मीले मानव अधिकारमैत्री कानुन तर्जुमा गर्न स्थानीय सरकारसमक्ष माग गरेका छन् । उनीहरुले स्थानीय सरकारले नीति, कानुन, कार्यविधि र निर्देशिका बनाउदा जनताको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखरा संयोजक शिव खकुरेलले नेपालको संविधानले व्यवस्था गरेका मौलिकहकलाई समेटेर कानुन तर्जुमा गर्न माग गरे ।
तनहँुको भानु नगरपालिकामा भएको कार्यक्रममा उनले स्थानीय सरकारले जनताको आधारभुत अधिकारलाई सुनिश्चित गर्नुपर्ने उल्लेख गरे ।‘संविधानको मौलिकहकमा नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सुनिश्चित गरेको छ,’उनले भने, ‘घर, आँगनको सरकारले नागरिकका ती अधिकार प्रत्याभूत गराउनु पर्छ ।’ संयोजक खकुरेलले स्थानीय तहहरु आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए ।
भानु नगरपालिकाका मेयर उदयराज गौलीले पालिकाले नीति कार्यक्रम, ऐन कानुन निर्देशिका र कार्यविधि बनाउँदा मानव अधिकार र मौलिक हक कार्यान्वयनको सवाललाई सधै प्राथमिकतामा राखेको दाबी गरे ।
नागरिकले मानव अधिकारको सवाल उठाउँदा कर्तव्य पालनलाई समेत समायोजन गरेर लैजानुपर्ने उल्लेख गर्दै उनले मौलिक हक सबै नागरिकको सरोकारको विषय भएको बताए । उनले इन्सेकको गतिविधिले नागरिकहरू मानव अधिकार र मौलिक हकका बारेमा सचेत बन्दै गएको टिप्पणी गरे ।
भानुकी उपमेयर आशा थापामगरले नगरपालिकाले पहिचान गर्न नसकेका सवाल मानव अधिकार समूहले सार्वजनिक गरेर कार्यान्वयनमा सहयोग गरेको बताइन् । उनले नगरबासीका समस्या र सवाललाई सम्बोधन गर्न नगरपालिकाले ध्यान दिएको उल्लेख गरिन् ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश निर्देशक चन्द्रकान्त चापागाईले स्थानीय सरकारले नीति, नियम र कानुन बनाउँदा मानव अधिकार र मौलिक हकको सवाललाई स्थानीय सम्बोधन गर्नुपर्ने बताए ।
भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले मानव अधिकार समूहले पेश गरेको ध्यानाकर्षण पत्रलाई अध्ययन गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको दाबी गरे । कोभिड १९ का कारण शिक्षा प्रणालीमा ठूलो असर परेको चर्चा गर्दैै उनले विपद्को वेलामा चुँदी र मस्र्याङदी तटीय क्षेत्रमा सुरक्षित आवासको व्यवस्थापनमा ध्यान दिएको जानकारी दिए ।
नगरपालिकाका वरिष्ठ अधिकृत सुनील पाण्डेले एउटापनि अस्पताल नभएको भानुमा मेडिकल अधिकृत सहितको १७ बेडको कोभिड अस्पताल चलाएको बताए । नगरपालिकाको आन्तरिक श्रोतमा २ वटा नगरस्तरीय अस्पताल सञ्चालन गरिएको जानकारी दिदै उनले ८४ वर्ष माथिका नागरिकलाई प्रत्येक महिना घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गरेको उल्लेख गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत युवराज अर्याल, नेपाल पत्रकार महासंघ तनहँु अध्यक्ष उज्ज्वल पौडेल, इन्सेक तनहँु प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, मानव अधिकार समूह भानुका सदस्य सीता भट्टराई लगायतले मानव अधिकारका सवालमा बोलेका थिए ।









माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया